ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु


जनकपुरधाम : कैलालीमा ट्याक्टरको पछाडिबाट मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोडाघाडी नगरपालिका–१० मा शनिबार राति ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेका छन् । म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल शनिबार राति ११ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ माघ १८, आईतवार ०९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ