गाउँपालिका अध्यक्ष शुक्ला सीके राउतको पार्टीमा प्रवेश


जनकपुरधाम : रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु भनिने जितेन्द्रनाथ शुक्ला जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिवार पार्टी अध्यक्ष डा. सीके राउतले उनलाई स्वागत गरे ।

शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका थिए । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि उनी नेकपामा प्रवेश गरे । तर नेकपा केही दिनमै परित्यागको घोषणा गरेका थिए ।

यस्तै रुपन्देहीका सद्भावना पार्टीका पूर्वअध्यक्ष एवं नमूना उच्च माविका अध्यक्ष आनन्द प्रसाद गुप्ता, मर्चवार सिँचाइ (लिफ्ट) विभागका सचिव जगरनाथ कुर्मी र सम्मरीमाई गाउँपालिकाका नेकपाका उम्मेवार सहाबुद्दिन देवान पनि जनमत पार्टीमा प्रवेश गरे ।

प्रकाशित : २०७७ माघ १८, आईतवार १२:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ