चीनले अनुदानमा नेपाललाई दिने भयो ३ लाख डोज कोरोनाविरुद्धको खोप


काठमाडौं : चीनले पनि नेपाललाई आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार छिटै नेपाललाई अनुदानमा खोप दिइनेछ । संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल-चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले उल्लेख गरेको छ।

चीनले दिएको खोप १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ। चीनले दिन लागेको खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ ।

भारतले अनुदानमा कोरोनाविरुद्धको खोप १० लाख डोज उपलब्ध गराइसकेको छ । अहिले नेपालमा भारतीय खोप दिनेक्रम जारी छ ।

प्रकाशित : २०७७ माघ १८, आईतवार २०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ