हेमनारायण स्मृति दिवस : सिरहामा प्रम ओलीका लागि रातो कार्पेट, सुरक्षा व्यवस्था कडा


जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली पूर्व सांसद स्वर्गिय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाउन आउन लागेका कारण सिरहा सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयदेखि हेमनारायण चोकसम्म  सडक खाली गरेको छ । पैदल यात्रुलाई समेत आवत जावत गर्न दिएको छैन ।

प्रधानमन्त्री ओली आएलगत्तै स्वर्गिय यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । शालिक अगाडी प्रधानमन्त्री ओलीको स्वागतका लागि रातो कार्पेट ओछ्याएको छ ।

नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले कालो झण्डा देखाउने योजना बनाउन सक्ने भन्दै सुरक्षाकर्मी पसल समेत बन्द गराएका छन् ।

प्रकाशित : २०७७ माघ १९, सोमबार १३:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ