सिरहा : प्रधानमन्त्री ओलीद्वारा स्वर्गिय हेमनारायणको शालिकमा माल्यार्पण


सिरहा : प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहिद स्वर्गिय हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका छन् ।

१७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहिद यादवका छोरा डा। नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

माल्यार्पण गर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । नाराबाजी गर्ने आधा दर्जन नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

अब सिरहा सदरमुकाममा नेकपाले आयोजना गरेको सभामा सहभागी भएका छन् । सभामा गाउ गाउबाट हजारौं कार्यकर्ता आइपुगेका हुन् ।

प्रकाशित : २०७७ माघ १९, सोमबार १५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ