ओलीले संवैधानिक व्यवस्थामाथि आतंककारी हमला गरे : महतो


विराटनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्य संविधान समाप्त पर्ने खेल भएको बताएका छन् ।

उनले नेकपाको ओली सरकारलाई पाँच वर्ष चलाउन जनताको म्यान्डेट भए पनि ओलीले सनकको भरमा संसद विघटन गरेको बताए । जनता समाजवादी पार्टीको आयोजनामा विराटनगरमा आयोजित अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै महतोले भने,‘ओलीको कदम संवैधानिक मूल्य मान्यतामाथिको आक्रमण हो । एक प्रकारले ओलीले संवैधानिक व्यवस्थामाथि आतंककारी हमला गरेका छन् ।’

प्रधानमन्त्री ओलीको कदम महाप्रतिगामी भएको भन्दै उनले आन्दोलनको बलमा ओलीको प्रतिगमनको कार्य सच्याउन दलहरु आन्दोलनमा जानुपरेको बताए ।

उनले संसद विघटनाको पुनर्स्थापनामा जानु या आम निर्वाचनमा जानु तत्काल समस्याको समाधान मात्र हुने बताए । उनले संविधानमा जनताको अधिकार पूर्ण ग्यारेण्टी नभएसम्म जनताको एजेन्डा स्थापित नहुने बताए ।

उनले अहिलेको संविधान नेताहरुको स्वार्थका निमित्त मात्र लेखन गरिएकाले अब जनताको भावना र पूर्ण अधिकारसहित संविधानमा पुनर्लेखन आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित : २०७७ माघ २०, मंगलवार १८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ