जसपाका पूर्व सांसद डा. यादव पनि ओलीको शरणमा पुगे


जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य तथा पूर्व सांसद डा. शिवजी यादव पनि प्रधानमन्त्री केपी ओलीको शरणमा पुगेका छन् ।

तत्कालिन फोरम नेपालका सचेतक समेत रहेका डा. यादवलाई प्रधानमन्त्री ओलीले मंगलवार अवेर राति खादा लगाएर पार्टीमा भित्र्याए । उनी पार्टी प्रवेश गर्दा उप-प्रधानमन्त्री इश्वर पोखरेल, नेता महेश बस्नेत पनि सहभागी थिए ।

यस अघि जसपाका नेता तथा पूर्व सांसद बबन सिंह नेकपामा प्रवेश गरिसकेका छन् । संसद विघटन गरेपछि नेकपा दुई टुक्रा भएपछि प्रधानमन्त्री ओलीले विभिन्न प्रलोभनमा पारेर जसपा नेतालाई आफ्नो समुहमा प्रवेश गराउने रणनीति अपनाएका हुन् ।

प्रकाशित : २०७७ माघ २१, बुधबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ