Breaking- प्रचण्ड-माधव समुहद्वारा आमहड्तालको घोषणा


काठमाडौं : विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले विहीबार देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

आकस्मिक रूपमा सार्वजनिक गरिएको संघर्षको नयाँ कार्यक्रम अनुसार बुधबार साँझ देशभर मसाल जुलुस र विहीबार आमहड्ताल तय गरिएको छ । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल आफूहरूको बाध्यता भएको बताए ।

देशव्यापी आव्हान गरिने आमहड्तालमा अत्यावश्‍यक सेवामा भने कुनै रोक नलगाउने श्रेष्ठले जानकारी दिए । – नेपाल प्रेस

प्रकाशित : २०७७ माघ २१, बुधबार १४:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ