प्रचण्ड–नेपालको आमहड्ताल : ट्याक्सी जलायो, ६० जना पक्राउ


काठमाडौं : प्रचण्ड–नेपाल समूहले काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सी जलाएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएको जानकारी दिए ।

आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका ६० जना पक्राउ परेका छन् । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत काठमाडौंबाट ६० जना नेता तथा कार्यकर्ता पक्राउ गरिएको एसएसपी सिंहले बताए ।

संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्तालको घोषणा गरेको छ । आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो ।

प्रकाशित : २०७७ माघ २२, बिहीबार ०८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ