प्रचण्डले भने– ओलीको जंगलीराज अन्त्य गर्न जनताकै लागि आमहड्ताल


काठमाडौं : नेपाल बन्द सफल पार्न सडकमा निस्केका विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको जंगलीराज अन्त्य गरी जनताको शासन ल्याउन आमहड्ताल गर्नुपरेको बताएका छन् ।

नेपाल बन्द गर्नु रहर नभइ बाध्यता भएको जिकिर गर्दै उनले भने– यो हाम्रो रहर होइन, मण्डलेवाद अन्त्य गर्दै गणतन्त्रको रक्षाका लागि सडकमा आउनुको विकल्प भएन । आन्दोलनका लागि कार्यकर्तालाई उकास्दै उनले संविधान मिचेर सरकारले दिउँसै रात पार्न खोजेकोले सशक्त आन्दोलन गर्न निर्देशन दिए ।

उनले भने, ‘ओलीको सरकारले देश, संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको छ । त्यसविरुद्ध सशक्त आन्दोलन गर्नुस् ।’ भोलि ओली पक्षले गर्ने भनेको आमसभालाई प्रचण्डले पञ्चर्यालीको उपमा दिए ।

विगतमा पनि तानाशाहले यस्तै गरेको भन्दै उनले ओली पक्षको सभालाई ‘निभ्ने बेलाको दीयो’ भनेका छन् ।

प्रकाशित : २०७७ माघ २२, बिहीबार १०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ