प्रदेश २ : लागुऔषध सेवन गरी श्रीमतीको हत्या


पर्सा : लागुऔषध सेवन गरी वीरगञ्जमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका ११ स्थित डेरा गरी बस्ने असरफ मियाँले २३ वर्षीया श्रीमती मनु थापा क्षेत्रीको हत्या गरेका हुन् ।

मियाँको स्थायी घर भारत बिहार पुर्वी चम्पारण थाना रामगढवा ग्राम चम्पापुर रहेपनि वीरगञ्जमा बस्दै आएको प्रहरीले जनाएको छ । बाराको जितपुर सिमराकी क्षेत्रीलाई मियाँले घरायसी विकादका कारण हत्या गरेको बताइएको छ । प्रहरीका अनुसार मियाँ लागुऔषध सेवन गरेका थिए ।

मियाँले आफ्नै डेरामा घाँटी कसी मारेको जस्तो डाम देखिएको अवस्थामा क्षेत्रीको शव फेला परेको छ । हत्या आरोपमा मियाँलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७७ माघ २२, बिहीबार ११:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ