जनकपुर झडपमा प्रहरीले पूर्वमन्त्री झा र यादवलाई हत्या गर्न खोजेको आरोप


टुडे खोज, जनकपुरधाम : नेकपा प्रचण्ड–नेपाल समुहले जनकपुरमा बिहीवार भएको झडपका क्रममा प्रहरीले केन्द्रीय नेताहरुलाई हत्या गर्न खोजेको आरोप लगाएको छ ।

नेकपा प्रचण्ड–नेपाल समुहका जिल्ला संघर्ष समितिले आज जनकपुरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्रीद्वय रामचन्द्र झा र मात्रिका यादव, शहिदनगरका मेयर उदय बरबरिया लगायतलाई सुरक्षाकर्मीले मार्न खोजेको आरोप लगाएको हो । संघर्ष समितिका संयोजक सुधिर प्रसाद साह र सह–संयोजक दिपक यादवले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग समेत गरिएको छ ।

बिहीवार आमहड्तालका क्रममा संचालनमा रहेको गाडी रोक्न खोजेका आन्दोलनकारी र सुरक्षाकर्मीबीच जनकपुरको शिव चोकमा झडप भएको थियो । झडपका क्रममा सुरक्षाकर्मीले दर्जनौं राउण्ड हवाई फाइर र केहि सेल आश्रुग्यास प्रहार गरेको थियो ।

झडपमा पूर्वमन्त्रीद्वय झा र यादव, शहिदनगरका मेयर बरबरिया, नेता कारीराम यादव र प्रदिप साह गम्भीर घाईते भएका थिए । उनीहरुलाई उपचार अहिले काठमाडौं ट्रमा सेन्टरमा भइरहेको छ ।

प्रकाशित : २०७७ माघ २३, शुक्रबार १०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ