काठमाण्डौंमा ओली समुहको आमसभा सुरु हुँदै


जनकपुरधाम : नेकपाको ओली समूहले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ । बागमती प्रदेश कमिटीको आयोजनामा हुने आमसभा दरबारमार्गमा सहभागी हुन विभिन्न ठाउंबाट जुलुस निस्केको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जनाले सम्वोधन गर्ने आमसभाका लागि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको प्रवेशद्वारमा ‘हाइटेक’म मन्च तयार पारिएको छ ।नारायणहिटी संग्रहालयको गेटमा बनाइएको हाइटेक मन्चबाट दक्षिण महेन्द्र शालिक, पूर्व नागपोखरी र पश्चिम ठमेलतर्फसमेत मान्छे बसेर हेर्न मिल्ने गरी ‘टी’ आकारको बनाइएको छ ।

प्रधानमन्त्रीलगायत मन्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ । महेन्द्र शालिक छेउमा, जयनेपाल हलनजिकै, ठमेलनजिकै र यति समूहको भवनमा डिजिटल स्क्रिन राखिनेछ ।

सभामा प्रदेश २ बाट पनि हजारौं नेता कार्यकर्ता काठमाडौं पुगेका छन् । सिरहाका नेकपा नेता दिनेश यादवका अनुसार मधेसबाटै लाखौं कार्यकर्ता सभामा सहभागी हुंदैछन् ।

प्रकाशित : २०७७ माघ २३, शुक्रबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ