मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा बन्द गर्ने गृहमन्त्रीको चेतावनी


काठमाडौं : विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् ।

मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको उनले बताए ।

प्रचण्डले केहीदिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने बताएका थिए । त्यसैलाई बादलले जवाफ दिएका हुन् ।

ओली पक्षको आज आयोजित आमसभामा बादलले भने, ‘मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्र्ने घोषणा गरेका छन् । म उनीहरुलाई भन्न चाहन्छु मांशाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।

आफ्नो सम्बोधनका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विस्थापित गर्न षडयन्त्र भएपछि चुनावमा जानुपरेको बताए । चुनाव पनि आन्दोलनको एउटा रूप भएको उनको भनाइ छ ।

प्रकाशित : २०७७ माघ २३, शुक्रबार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ