दरबार मार्गमा ओली समूहले छोडेको फोहोर, सफा कसले गर्ने ?


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।

दरबारमार्गमा सभा गर्नुअघि राजधानीका विभिन्न स्थानबाट उक्त समूहले जुलुस निकालेको थियो । जुलुसका कारण राजधानीको यातायात अस्तव्यस्त बन्यो ।

सभा सुरु गर्नुअघि सडक पखालेर सफा गरिएको थियो । तर सभा सकिएपछि भने सभास्थलमा जताततै फोहोर देखिएको छ। सडकभरी पानीका बोतल, प्लाष्टिक, बदामका बोक्रा, झण्डा राख्न प्रयोग गरिएका बाँस, झण्डा यत्रतत्र छरिएका छन् ।

देशसञ्चार

प्रकाशित : २०७७ माघ २३, शुक्रबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ