प्रदेश २ : प्राधिकरणमा यादव, काउन्सिलमा भट्टराई र बोर्डमा मोरबैता नियुक्त


जनकपुरधाम : प्रदेश २ सरकारले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र विकास बोर्र्डका अध्यक्ष पदमा नियुक्त गरेको छ ।

शुक्रवार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्राधिकरणका अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डका अध्यक्षमा धर्मेन्द्र मरबैतालाई नियुक्त गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

यादव र भट्टराई सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ भने मोरबैता सिरहा माडर निवासी हुन् ।

प्रकाशित : २०७७ माघ २३, शुक्रबार २१:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ