भारतमा कोरोनाविरुद्धको खोप लगाउने २२ जनाको मृत्यु


काठमाडौं : भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरुवात भएको थियो । खोप अभियान सुरुवात भएपछि हालसम्म भारतमा ५० लाखभन्दा बढीमा कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अमेरिका, बेलायत र इजरायलको तुलनामा भारतमा सबैभन्दा बढीले खोप लगाएका छन् । भारतमा अक्सफोर्ड एस्ट्राजेनिकाको खोप कोभिसिल्ड तथा भारतमै निर्मित कोभ्याक्सिन खोपले स्वीकृति पाएको छ ।

यसबीचमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये २२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका एक ७७ वर्षका मानिसको मृत्यु भएको छ ।

ती वृद्धमा पहिले मधुमेह तथा कार्डियोजेनिक रोग थियो । बीबीसीहिन्दी

प्रकाशित : २०७७ माघ २४, शनिबार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ