भ्यालेन्टाइन डेका लागि भारतबाट ल्याइयो झण्डै १ करोडको गुलाफ फूल


काठमाडौं : भ्यालेन्टाइन डेका लागि भारतबाट करिब १ करोड रूपैयाँको गुलाफको फूल आयात भएको छ ।

गुलाफ भ्यालेन्टाइनमा धेरै बिक्री हुने गरेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब १ लाख ८० हजार स्टिम गुलाफ फूलको माग छ ।

नेपाली बजारमा बिक्री हुने १ लाख ८० हजार स्टिममध्ये विदेशबाट करिब १ लाख ४० हजार ल्याइने र नेपालमा ४० हजार स्टिम मात्रै उत्पादन हुने एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

कोरोना जोखिमका कारण यस वर्षको भ्यालेन्टाइन डेमा अघिल्लो वर्षको अनुपातमा कम बिक्री हुने श्रेष्ठले बताए ।

गुलाफको फूलको मूल्य प्रतिस्टिम ८० देखि १ सय रूपैयाँसम्म छ । गत साल करिब १ करोड रूपैयाँ बराबरको कारोबार हुँदा २ लाख स्टिम गुलाफ खपत भएको थियो । अघिल्लो वर्ष गुलाफको फूलको मूल्य प्रतिगोटा ६० देखि १ सय रूपैयाँसम्ममा कारोबार भएको एसोसियसनले जनाएको छ ।

प्रणय दिवसमा सहरिया युवाको आकर्षण बढ्दो छ ।

नेपाल आयात भएको गुलाफको फूलको खपत ६० प्रतिशत उपत्यका, २० प्रतिशत पोखरा र २० प्रतिशत अन्य शहरबजारमा हुने गरेको छ । व्यवसायीले प्रतिगोटा ३० देखि ३५ रूपैयाँमा ल्याउने गरेका छन् ।

उपभोक्ताले ५० देखि १ सय रूपैयाँसम्ममा खरिद गर्छन् । उक्त गुलाफ प्रणय दिवसको दिन प्रतिगोटा १ सय २० रूपैयाँसम्म बिक्री हुने गरेको छ ।

प्रकाशित : २०७७ माघ २५, आईतवार १२:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ