हाइटीमा पनि सत्ता कब्जाको प्रयास, राष्ट्रपतिको हत्या गर्न खोजियो


काठमाडौं : म्यान्मारमा सैन्य ‘कू’ भएपछि उत्तर अमेरिकी मुलुक हाइटीमा पनि सत्ता कब्जाको प्रयास भएको छ ।

त्यहाँका राष्ट्रपति जोभेनल मोइजका अनुसार उनलाई हत्या गर्ने र त्यसपछि सत्ता कब्जा गर्ने योजना बनेको थियो । बीबीसीका अनुसार सत्ता कब्जा गर्ने योजना असफल भएको छ। कूको प्रयास गरेको आरोपमा २३ भन्दा बढी गिरफ्तार भएका छन् ।

शीर्ष न्यायाधीश, प्रहरीका उच्च अधिकारीहरु पक्राउ परेका हुन् । राष्ट्रपति जोभेनल मोइजले आफ्नो कार्यकाल सन् २०२२ मा सकिने दाबी गर्दै आएका छन् । तर त्यहाँका विपक्षीहरुले उनको कार्यकाल आइतबार सकिएको बताउँदै विरोध स्वरुप प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच राष्ट्रपतिको कार्यकालको विषयमा झडपसमेत भएको छ । प्रदर्शनकारीले संविधानको उल्लंघन गर्दै जोभेनल मोइजले सत्तामा बसिरहेको बताएका छन् ।

हालै अमेरिकाले हाइटीका राष्ट्रपति जोभेनल मोइजलाई साथ नदिने बताएको थियो ।

प्रकाशित : २०७७ माघ २६, सोमबार ११:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ