प्रदेश २ : नक्कली नोट र खैरो हेरोईनसहित सिंह पक्राउ


पर्सा : वीरगन्ज महानगरपालिका १३ बाट नक्कली नोट र खैरो हिरोइनसहित एक यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार जिल्ला मोतिहारी रक्सौल बस्ने वर्ष २२ को अमनदिप कुमार सिंह रहेका छन् । उनी सवार BR 05 AM 6097 नम्वरको मोटरसाइकल रोकेर खानतलासी गर्दा  १ हजार दरको नेपाली नक्कली नोट १९३ थान १ लाख ९३ हजार र प्रतिवन्धित लागूऔषध खैरो हेरोईन ३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटी गएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा सिंहलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित : २०७७ माघ २६, सोमबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ