वडा सदस्य चौधरीको कोठामा २२ वर्षीया युवती मृत फेला


कैलाली : कैलालीकी २२ वर्षीया अञ्जिता चौधरी आफ्नो प्रेमिको कोठामा मृत अवस्थामा भेटिएकी छन् । अञ्जिता आफ्ना प्रेमि कैलालीको गौरीगंगा नगरपालिका ३ का वडा सदस्य निरज चौधरीको कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले युवती निरजको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । निरज र अञ्जिता १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको पारिवारिक स्रोतले बताएको छ ।

‘निरजले एक्कासी अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिताको परिवारलाई थाहा भयो’, स्रोत भन्छ, निरजले दुबै महिलालाई श्रीमतीको रुपमा राख्ने सहमति अञ्जिताको परिवारसँग भएको हो ।’

अञ्जितालाई निरजको कोठामा छोडेर उनको परिवार घर गएको थियो । तर निरज अर्की महिलासँग राति नै भागेपछि अञ्जिताले परिवारलाई खवर गरेकी थिइन् । प्रहरीले कोठामा चुकुल लगाएको अवस्थामा शव भेटिएको जनाएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे । वडा सदस्य निरज अहिले फरार छन् ।

प्रकाशित : २०७७ माघ २७, मंगलवार ०६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ