उत्तराखण्डमा हिमताल फुट्दा बेपत्ता २६ जनाको शव भेट्यो, १९७ अझै बेपत्ता


काठमाडौं : भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लामा आइतबार जलविद्युत् आयोजनाको हिमनदी फुटेर आएको भीषण बाढीमा बेपत्तामध्ये सोमबार रातिसम्म २६ जनाको शव फेला परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय अधिकारीले सोमबार राति ८ बजे पत्रकार सम्मेलन गरी तपोवन क्षेत्रमा अहिलेसम्म २६ शव र ५ मानव अंग निकालिएको जानकारी दिएका हुन् ।

जहाँबाट २ प्रहरीसहित १७१ जना अझै बेपत्ता छन् । सुरुङमा फसेका ३५ जना पनि यसैमा पर्छन् । उत्तराखण्ड प्रहरीका अनुसार पूरै चमोलीको कुरा गर्दा जम्मा १९७ जना बेपत्ता छन् । तिनको खोजी जारी छ । 

प्रकाशित : २०७७ माघ २७, मंगलवार ०७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ