उत्तराखण्डमा हिमनदी फुट्दा बेपत्ता १० नेपालीको लाश भेटियो, अझै ११ बेपत्ता


काठमाडौं : भारतको उत्तराखण्डस्थित चमोलीमा आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये १० जना नेपालीको पहिचान भएको छ।

स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली कामदारको बाढीमा परेर मृत्यु भएको हो । हिमनदी फुट्दा धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी आएको थियो ।

बाढीमा परेर विद्युत आयोजना र सडक निर्माणमा खटिएका नेपाली र भारतीय मजदुर र स्थानीयसहित दुई सय भन्दा धेरै बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजी अहिले पनि चलिरहेको छ ।

मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बरका आधारमा १० जना नेपालीको शव (लाश)को पहिचान भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । उनीहरु सबै जुम्ला र कालिकोट जिल्लाका हुन् ।

ज्यान गुमाउनेमा गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह, नरेन्द्रबहादुर र रमेश नेपाली छन् ।

बेपत्तामध्ये ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका अधिकारीहरुले जनाएका छन् । अझै ११ जना नेपाली बेपत्ताको सूचीमा छन् ।

प्रकाशित : २०७७ माघ २८, बुधबार ०८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ