आगामी निर्वाचनमा ओलीको जमानत जफत हुन्छ : खनाल


काठमाडौं : प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईतिहाइ ल्याउछु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् ।

प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले आगामी निर्वाचनमा देशका १६५ निर्वाचन क्षेत्रमै ओली समूहको जनमत जफत हुने बताएका हुन् ।

उनले दरबार अगाडिको सभामा ओलीले चुनाव गराएर दुई तिहाइ ल्याउने बताएका थिए। सोही भनाइ तर्फसंकेत गर्दै उनले भंगेराले बाँस नुघाएको कथा सुनाउदै ओलीका खुट्टी हेर्दै चाल पाएको बताए ।

मिस्टर केपी ओली, तपाईंका खुट्टी हेर्दै पत्यायौँ, अब तपाईले दुई तिहाइ ल्याउने होइन्, तपाईंको जमानत जफत हुन्छ’, उनले भने, अबको दुई वर्षमा चुनाव हुन्छ, त्यसपछि १६५ निर्वाचन क्षेत्रमै तपाईंको जमानत जफत हुन्छ ।’

उनले सभा कस्तो हुन्छ भन्ने हेर्न प्रदर्शनी केन्द्र आउन चेतावनी दिए । उनले निर्वाचन आयोगलाई पनि आधिकारिक पार्टी हेर्न आउन आग्रह गरे ।

प्रकाशित : २०७७ माघ २८, बुधबार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ