ओलीलाई प्रचण्डले भने- राजीनामा दिएर पश्चाताप गर्नुस्


काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर पश्चाताप गर्न सुझाव दिएका छन् ।

सत्तारुढ नेकपाका असन्तुष्ट समूहको शक्ति प्रदर्शन सभामा बोल्दै प्रचण्डले भने, ‘तपाईसँग अझैपनि सानो ठाउँ छ। राजीनामा दिएर पश्चाताप गर्नुस् ।’

केपी ओली जनताको शरण छाडेर भगवानको शरणमा पुगेको भन्दै प्रचण्डले भने, ‘हाम्रो भगवान जनता हुन् । हामी तपाईहरुको शरणमा छौँ ।’

प्रचण्डले निर्वाचन आयोगको लक्षण गतिलो नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले थर्काएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको उनको भनाई थियो ।

प्रकाशित : २०७७ माघ २८, बुधबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ