टिप्पर र मोटरसाइकल ठोक्किँदा चौधरीको मृत्यु, दुईजना घाइते


सुनसरी : इटहरी १७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी ८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी ८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएकाको उपचार भइरहेको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका ३ का ३५ वर्षीय सलमकुमार सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७७ माघ २९, बिहीबार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ