झाक्रीलाई रिहा गर भन्दै सिरहामा प्रदर्शन, राजमार्ग अबरुद्ध !


जनकपुरधाम : नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले राजमार्ग अबरुद्ध पार्दै नेतृ झाक्रीलाई रिहा गर्न माग गरेका छन् । प्रदर्शनका कारण केहिबेर राजमार्ग अबरुद्ध भएको थियो । झाक्रीलाई पक्राउ गरेको विरोधमा काठमाडौंसहितका स्थानमा समेत प्रदर्शन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गरेको अभियोगमा नेतृ झाक्रीलाई पक्राउ गरी प्रहरीले राज्यविरूद्ध कसुर सम्बन्धी मुद्दा चलाएको छ । उनको गिरफ्तारी विरुद्ध देशभरका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

प्रकाशित : २०७७ माघ २९, बिहीबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ