प्रधानमन्त्रीका अधिवक्ताको तर्क – केपी ओलीसँग राजा र श्री ३ बराबरको अधिकार


काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धको बहसमा प्रधानमन्त्रीका अधिवक्ता रामचन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा र श्री ३ बराबरकै अधिकार भएको जिकिर गरेका छन् ।

२००४ को कानुनले श्री ३ लाई र २०४७ को संविधानले राजालाई विघटनको अधिकार दिएको जस्तै अहिलेको संविधानले पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको उनको तर्क छ ।

‘२००४ सालको वैधानिक कानुनले श्री ३ लाइ संसद विघटनको आधिकार दिएको थियो । त्यसपछिका संविधानले राजालाई आधिकार दिएका थिए । त्यति नै आधिकार अहिलेको संविधानले केपी ओलीलाई दिएको छ,’ उनले भने, ‘श्री २ जति नै अधिकार दिएको छ । प्रधानमन्त्री राजा र श्री ३ बराबरको आधिकार र शक्ति भएको व्यक्ति हो ।’

प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिंहा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा रिट निवदेकहरुको तर्फबाट बहस सकिएपछि सरकार पक्षका वकिलहरूले बहस गरिरहेका छन् ।

प्रकाशित : २०७७ माघ २९, बिहीबार १९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ