प्रदेश २ : नालामा तीन वर्षीय बालकको लाश भेटियो


सर्लाही : सर्लाहीको पर्सा गाउँपालिका ५ स्थित नालामा खसेर तीन वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय ब्रम्हदेव साहको ३ वर्षीय छोरा हिमान्सु साहको नालामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा बालक साह एक्कासी हराएका थिए । खोजी गर्ने क्रममा घर अगाडीकै नामा बिहीवार साँझ उनको शव (लाश) फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार घटना विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७७ माघ ३०, शुक्रबार ११:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ