सिरहामा मुख्यमन्त्री कार्यालयको गाडीले एक जनाको ज्यान लियो


सिरहा : प्रदेश २ मा संचालित मुख्यमन्त्री स्वच्छता अभियानको गाडीले सिरहामा एकजनाको ज्यान लिएको छ । बिष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर चौकमा मुख्यमन्त्री स्वक्षता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको गाडीले टेम्पोमा ठक्कर दिएपछि चालकको मृत्यू भएको हो ।

सिरहाबाट चोहर्वा तर्फ जादै गरेको स १ ह ३०४३ नम्बरको टेम्पो र विपरीत दिसा चोहर्वाबाट सिरहा तर्फ आउदै गरेको मुख्यमन्त्री स्वक्षता अभियानको स्कारपियोकोले ठक्कर दिदा टेम्पो चालकको मृत्यु भएको हो । मृत्यू हुनेमा सिरहाको कल्याणपुर नगरपालिलका १२ का जय प्रकाश साह रहेका छन् ।

ठक्कर दिने मुख्यमन्त्री स्वक्षता अभियाको गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका ७ का ३५ वर्षीय रबिन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक विदाको दिन मुख्यमन्त्री स्वक्षता अभियानको उक्त गाडी के कामले सिरहा आउदै गरेको भन्ने विषयमा केहि खुल्न सकेका छैन ।

प्रकाशित : २०७७ माघ ३०, शुक्रबार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ