इरान-अफगानिस्तान सीमामा तेल ट्यांकरमा आगो लाग्यो, धेरै जनाको मृत्यु, सयौं ट्रक जल्यो


काठमाडौं : इरान-अफगानिस्ताको सीमानजिक तेल भरिएको ट्यांकरमा आगलागी हुँदा धेरै मानिस हताहती भएका भएका छन् । तर कति जना भन्ने खुलिसकेकाे छैन ।

अफगानी अधिकारीका अनुसार इरानको सीमा पार गरी अफगानिस्तान आएको तेल ट्यांकर सीमा शुल्क कार्यालयअगाडि राखिएको थियो । त्यस क्रममा अचानक आगलागी भएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, सोसल मिडियामा पोस्ट गरिएको एउटा भिडिओमा हेरात प्रान्तको इस्लाम काला शहरको भन्सार क्षेत्रबाट आकाशमा धुवाँ उडिरहेको देख्न सकिन्छ । 

हेरातका गभर्नरको भनाइ उधृत गर्दै रोयटर्सले लेखेको छ– आगलागी नियन्त्रणका लागि इरानी अधिकारी र नेटोको नेतृत्व गर्ने अफगान सुरक्षा बल घटनास्थल गएका छन् । साथै त्यहाँ अग्नि नियन्त्रक र एम्बुलेन्स पनि पठाइएको छ । तर आगलागी नियन्त्रण गर्न कठिन भइरहेको छ ।

समाचार एजेन्सी एपीका अनुसार आगलागीमा कति जना हताहती भए भन्नेबारे अहिले भन्न सकिने अवस्था छैन । तेल ट्यांकर विस्फोट भएका कारण आगलागी भएको अनुमान गरिए पनि यसबारे स्पष्ट भइसकेको छैन ।

इरानी न्युज एजेन्सी आईएसएनएका अनुसार आगलागीका कारण सीमामा रोकिएका सयौं ट्रक जलेका छन् ।

प्रकाशित : २०७७ फाल्गुन २, आईतवार ०७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ