सप्तरीमा टी-२० क्रिकेटको उपाधी कुशहा टीमद्धारा कब्जा


राजेश पासवान, सप्तरी : सप्तरीको
अपन युवा क्लब बेल्ही सप्तरीद्वारा संचालित टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुरुङ्गा युथ क्रिकेट क्लब कुशहाले भारतको खुटौनामाथि १ सय ३३ को फराकिलो जित हात पारेको छ ।

नेपाल र भारतको दसगजा स्थित सिमा सरगम मैदानमा संचालित  प्रतियोगिता फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुरुङ्गा युथ क्रीकेट क्लबले निर्धारित बीस ओभरको खेलमा भारतको खुटौना टिमलाइ २ सय ९८ रनको ठुलो लक्ष्य दिएको थियोे ।

सुरुङ्गाको तर्फबाट रोबिन सिंहले १२ छक्काको मद्दतले जम्मा ८३ रन जसमा एक ओभरमा नो बलसहित सात बलमा सात छक्का हान्न सफल भएका थिए भने आदर्शले छक्का र चौकाको मद्दतले ७५ रन, रोहन बिकले डबल ह्याट्रीक, अमितले अन्तिम चार बलमा ४ छक्का प्रहार  गरि जम्मा ४० छक्काको मद्दतले  २ सय ९८ रनको विशाल लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रेका खुटौना टिमले २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउँदै १६ ओभरमा नै आफ्नो सम्पुर्ण विकेट गुमाइ १ सय ६० रन मात्र बनाउन सफल भएका थिए । बलिङतर्फ सुरुङ्गाको रोहितले २ विकेट, रोबिन १, पोलाड २, सलाउदिन १, रंजन १, अमित २ र कप्तान गुडु पासवानले अन्तिममा एक बिकेट लिन सफल भएका थिए ।

फाइनल खेलमा सुरुङ्गाको रोबिन सिंह म्यान अफ द म्याच भएको  सुरुङ्गा युथ क्रिकेट क्लबका बिबेक चौधरीले जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ फाल्गुन २, आईतवार ११:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ