बहुविवाह मुद्दामा चौधरी पक्राउ


सप्तरी : बहुविवाह मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार भएका एक व्यक्ति सप्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका ७ बस्ने २८ वर्षीय उमेश चौधरी छन् । उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।

चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि २०७६ साल भदौ ५ गते उमेशलाई प्रहरीले पक्राउ गर्दा जिल्ला अदालतले २०७६ साल भदौ ३० गते जिल्ला अदालतको आदेशले तत्काल रु ५० हजार धरौटि बुझाएर रिहा भएका थिए ।

सोही मुद्दामा जिल्ला अदालतले २०७६ साल पुस ८ गते ५ हजार जरिवाना र ११ महिना १२ दिन कैद हुने आदेश दिएको थियो । यो आदेशपछि फरार भएका उमेशलाई पक्राउ गरी जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए ।

प्रकाशित : २०७७ फाल्गुन ३, सोमबार १५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ