अपराध महाशाखा प्रमुख थापासहित ४ एसएसपीको सरुवा


काठमाडौ‌ : गृह मन्त्रालयले महानगरीय अपराध महाशाखा प्रमुखसहित ४ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गर्दै ४ एसएसपीको काजमा सरुवा गरेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुवरले जानकारी दिए । उनका अनुसार महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दिपक थापाको मानवश्रोत तथा प्रशासन विभाग अन्तरगत रहेको भर्ना छनौट महाशाखामा सरुवा भएको छ ।

एसएसपी थापाको ठाउँमा भर्ना छनौट महाशाखामै कार्यरत एसएसपी चन्द्र कुवेर खापुङलाई महानगरीय अपराध महाशाखामा काजमा सरुवा भएको छ । थापाको करिव १० महिना अघि वैशाख १२ गते महाशाखामा सरुवा भएको थियो ।

मन्त्रीस्तरीय निर्णयबाट एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत मधुसुदन लुइटेलको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा, बाग्मती प्रदेश प्रहरी कार्यालयमा कार्यरत हरीराज वाग्लेको प्रहरी प्रधान कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ३, सोमबार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ