जनकपुरबाट पत्रकार सिंहको मोटरसाइकल चोरी


जनकपुरधाम : जनकपुरधाम १ बाट आज दिउंसै पत्रकार राजकमल सिंहको पल्सर मोटरसाइकल चोरी भएको छ ।

भन्सार कार्यालय नजिकै रहेको डेरा अगाडीबाट पत्रकार सिंहको गाडी चोरी भएको हो । अफ द बिट मिडिया प्रालिको नाममा रहेको सो मोटरसाइकलको अस्थायी नम्बर लु ६५ प. ८२२९ रहेको छ ।

कालो- रातो रंगको २२० सिसिको मोटरसाइकल केहि महिना अगाडी मात्र पत्रकार सिंह खरिद गरेका थिए । गाडी चोरी भएलगत्तै प्रहरीलाई खबर गरेपनि फेला नपरेको उनले बताए ।

प्रकाशित : २०७७ फाल्गुन ३, सोमबार २१:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ