सिरहामा सौर्य सिमेन्ट उद्योग स्थापना : १५ अर्व लगानी, परीक्षण उत्पादन सुरु


काठमाडौं : १५ अर्ब लगानीमा स्थापना भएको अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ।

निर्माण सामाग्री उद्योगमा पायोनियर शंकर समूह, अम्बे समूह र गोल्छा समूहको  संयुक्त लगानीमा स्थापित यो उद्योगले माघ १९ गतेदेखि क्लिकंर उत्पादन गरिसकेको छ। शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले क्लिंकर उत्पादन सुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको जानकारी दिए। उनका अनुसार परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिन्हका लागि आवेदन दिइनेछ।

TATATVS
यो उद्योग सिरहाको कर्जन्हा नगरपालिकामा छ। उद्योगबाट ओपिसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन हुनेछ। उद्योगका ५० वर्षलाई पुग्ने चुनढुंगा खानी कटारीमा छ। उद्योग नजिकै खानी रहेकाले समेत उत्पादन लागत सस्तो पर्नेछ।

अहिले पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्टबाट उत्पादित गैडाछाप सिमेन्ट उपभोक्ताको पहिलो रोजाइमा पर्छ। सरकारी कम्पनी भएकाले क्षमतामा चल्न नसकेर उपभोक्ताले सजिलै गैडाछाप सिमेन्ट पाउन सकेको छैन। यही ग्रेडको सिमेन्ट सौर्यले बजारमा ल्याउने जिकिर गरेको छ।

सौर्य सिमेन्टको खानी कटारीमा छ। यो खानीको चुनढुंगाको गुणस्तर उदयपुर ग्रेडकै हो। सौर्यको जस्तो एकीकृत प्रविधियुक्त प्लान्ट नेपालमा रहेका अरु उद्योगमा छैन। एक वर्ष अघि स्थापना भएको रिद्धिसिद्धिमा केही प्रविधिहरु राखिएका छन। तर सौर्यले त्यो भन्दा बाहेकका प्रविधि प्लान्टमा जोडेको छ। डेनमार्कको एफएलएस स्मिथ प्लान्ट लगाइएको छ।

प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ। उद्योगमा रोवोटिक प्रयोगशाला छ। उद्योगमा चुनढुंगा आउनेबितिकै त्यसको नमूना परीक्षण स्वचालित रुपमा हुन्छ। रोबोटिक प्रयोगशाला रिद्धिसिद्धिमा पनि थियो। उद्योगमा रोटेक टु पियर क्लिन छ। अहिलेसम्म नेपालका उद्योगमा रोटेक थ्री पियर क्लिन मात्रै थियो।

सिमेन्टको बोरा अल्ट्रासोनिक सिलिङ हुन्छ भने बोरा ल्यामिनेटेड रहनेछ । सिमेन्टको बोरा स्वचालित रूपमै ट्रकमा लोड गर्ने सुविधासमेत राखिएको छ । उद्योग आफैंले ६ मेगावाट बिजुली उत्पादन गर्नेछ । यो बाहेक पीपीसी सिमेन्टको गुणस्तरको एक्युरेसी पनि उच्च छ ।

प्रकाशित : २०७७ फाल्गुन ४, मंगलवार ०७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ