झण्डा मेलामा आर्केस्ट्रा र अन्य विकृति रोक्न सिरहाका स्थानीय तहलाई निर्देशन


धर्मेन्द्र पासवान, सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले झण्डा मेलाको नाममा हुने विकृति रोक्न सिरहाका १७ वटै स्थानीय तह नगरपालिका/गाउँपालिकालाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले परम्परागत धार्मिक सांस्कृतिक कृत्य गर्नु स्वभाविक देखिएको भनिए पनि झण्डा मेलाको नाममा आर्केस्ट्रा र अन्य विकृति क्रियाकलापले परम्परागत सांस्कृतिक कार्यहरू लोप भई रहेकोले चिन्ता समेत व्यक्त गरे । निर्देशनलाई अटेरी गरेमा नजिकको प्रहरीसँग सहयोग लिन स्थानीय तहहरुलाई निर्देशन दिएको प्रजिअ कणेलले बताए ।

मेलाको नाममा आर्केस्ट्राकोको आयोजना गरेर अनावश्यक खर्चले दिनानुदिन आर्थिक नोक्सानी पनि बढिरहेकोकोले कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहालाई त्यस्तो कार्यको भुक्तानीलाई निगरानीमा राख्न समेत निर्देशन दिइएको प्रजिअ कणेलले जानकारी गराए ।

जिल्ला प्रशासनको कार्यालयको पत्रमा जिल्ला समन्वय समिति र जिल्ला प्रहरीलाई पनि पत्राचार गरिएको छ । समाजमा विकृति फैलिन सक्ने कार्य कसैले गरे वा गराएको पाइएमा नजिकको प्रहरीलाई खबर गर्न समेत जिल्लाबासीसंग अनुरोध गरिएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ४, मंगलवार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ