मल्हनियाँमा दुग्ध चिस्यान केन्द्र स्थापना


धर्मेन्द्र पासवान, लहान : सप्तरीको बलान बिहुल गाउँपालिका -१ मल्हनियाँमा माँ सरस्वती डेरी उद्योग तथा श्री कृष्ण वहुउदेश्य सहकारी संस्था लिमिटेडको संयुक्त लगानीमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ ।

बलान बिहुल गाउँपालिका १ वडाध्यक्ष वैजनाथ यादवको प्रमुख आतिथ्य र माँ सरस्वती डेरी उद्योग तथा श्री कृष्ण वहुउदेश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा दुग्ध चिस्यान केन्द्रको उद्घाटन भयो । वडाध्यक्ष यादवले उद्घाटन गर्दै भने, ‘यस भेगमा पहिले दुग्ध चिस्यान केन्द्र  नभएकोले दुग्ध उत्पादन गर्ने किसानलाई एकदम समस्या भोग्नु परिरहेको थियोे ।’ यस चिस्यानको स्थापनाले यहाँका ग्रामीण किसानलाई उत्पादन गरेको दुधलाई व्यवस्थापन गर्न कठिनाइ नहुने उनले विश्वास व्यक्त गरे ।

वडाध्यक्ष यादवले धेरै संघर्ष गरेर कामेश्वर यादवले चिस्यानको स्थापना गरेकोले आफुले वडाको तर्फबाट २ लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गर्ने बाचासंगै गाउँपालिकालाई पनि सहयोग गर्न अनुरोध गर्ने बताए ।

अध्यक्षता गरेका कामेश्वर यादवले भने, ‘अब देखि यश डेरीमा दुधबाट उत्पादन सम्पुर्ण परिकारहरु जस्तै दूध, दहि, घ्यू, पनिर आदि उपलब्ध हुनेछ ।’

चिस्यान उद्घाटन कार्यक्रमका संचालन दिगम्बर यादवले गरेका थिए भने जसपा नेता रामेश्वर यादव, पुर्व जिल्ला शिक्षा अधिकारी गंगा राम यादव,भूतपूर्व गाउँ विकास समिति अध्यक्ष अरुण कुमार गोइत, अखिल नेपाल किसान महासंघ गापा संयोजक तथा नेकपा नेता अशोक यादव, पुर्व गाउँ विकास समिति वडा अध्यक्ष राम नारायण यादव, युवा नेता दुखी यादव, वरिष्ठ समाज सेवि रामप्रकाश भदैंसवार, कारी चौधरी, महेन्द्र यादव, गया प्रसाद गुप्ता लगायत  गाउँपालिकावासीको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ फाल्गुन ४, मंगलवार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ