सर्लाहीका ११ फर्मका बैंक खाता सञ्चालकविरुद्ध मुद्दा दर्ता, ९१ करोड बढी बिगो दाबी


काठमाडौं : राजस्व अनुसन्धान विभागले कर छलेको आरोपमा सर्लाहीका विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चालक सुबोध शाहविरुद्ध ९१ करोडभन्दा बढी बिगो दावी गर्दै विषेश अदालतमा मुद्धा दर्ता गरेको छ ।

विभागले फर्मका ९ जना प्रोपाइटर र तीन जना लेखा परिक्षकविरुद्ध पनि मुद्धा दाय गरेको छ । विभागका अनुसार शाहले मुल्य अभिवृद्धी कर ३२ करोड ३० लाख पाँच हजार ६ सय ६२ रुपैयाँ, आयकर ५३ करोड ९८ लाख तीन हजार ३ सय २९ रुपैयाँ र लाभकर ५ करोड २४ लाख ७ हजार ५ सय १७ रुपैयाँ छलेका छन् ।

एसबीके इन्टरनेसनलका प्रोपाइटर सुरेन्द्र सहनी र सरोजकुमार मिश्रविरुद्ध जनहीँ ११ करोड १६ लाख ८५ हजार ७ सय ४६ रुपैयाँ बिगो माग गरिएको छ । यसैगरि सीबिएस इन्टरनेसनल ल सप्लायर्स   र टिटानियम सप्लायर्सका प्रोपाइटर कलिम अन्सारीविरुद्ध १८ करोड ९५ लाख ७४ हजार २ सय ४३ रुपैयाँ तथा डाइनामिक इन्टरनेसनल र एन एस एक्टिभ इन्टरनेसनलका प्रोपाइटर अवधेश पट्टेलविरुद्ध १२ करोड ९९ लाख ८९ हजार ९ सय ७ रुपैयाँ बिगो माग गरिएको छ ।

क्राउन इन्टरनेसनल सप्लायर्सका प्रोपाइटर सुमनकुमार महतोविरुद्ध ७ करोड ४१ लाख ४० हजार ७ सय ९४ रुपैयाँ, मनरेगा सप्लायर्सका प्रोपाइटर राजेश्वर महतोविरुद्ध २ करोड १५ लाख ५३ हजार ७ सय ४४ रुपैयाँ, युनियन इम्पेक्सका प्रोपाइटर ईदा खातुनविरुद्ध १८ करोड ६८ लाख ७७ हजार एक सय ८८ रुपैयाँ र रेन्वो एक्टिभ सप्लायर्सका प्रोपाइटर मोतिलाल सहनीविरुद्ध ५ करोड ६३ लाख एक हजार ७१ रुपैयाँ बिगो माग गरिएको छ ।

सन साइन प्रो लिङ्क ट्रेड र मेगा राइज इन्टरनेसनलका प्रोपाइटर हरिन्द्र रामविरुद्ध १४ करोड २९ लाख २४ हजार ८ सय १५ रुपैयाँ बिगो माग गरिएको छ । लेखा परिक्षकहरु कृष्णप्रसाद घिमिरेलाई ४ करोड ९३ लाख १३ हजार ८ सय ३०, दीपक निरौलालाई एक करोड ८३ लाख ८७ हजार ८ सय ९२ र दीपक कुमारलाई ४ करोड २४ लाख ६ हजार १ सय ७१ रुपैयाँ बिगो माग गरिएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ४, मंगलवार २०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ