ओली सरकारको पतन धेरै टाढा छैन : गगन थापा


जनकपुरधाम : नेपाली कांग्रेसका नेता गगन थापाले ओली सरकारको पतन अब धेरै टाढा छैन भन्दै आक्रोश पोखेका छन् ।

बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण गरेको भन्दै उनले यस्तो आक्रोश पोखेका हुन् । उनले भनेका छन्, ‘घटना निन्दनीय छ । हिंसा कायरहरूको हतियार हो ।निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो ।’

नेता थापाले प्रधानमन्त्री केपी ओली वैधता र वैधानिकता दुवै गुमाएको पनि उल्लेख गरेका छन् । संसद विघटन गरेका प्रधानमन्त्री ओलीमाथि नेता थापा निरन्तर शब्द आक्रमण गर्दै आएका हुन् ।

प्रकाशित : २०७७ फाल्गुन ५, बुधबार ०७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ