सप्तरीमा छतबाट खसेर २ वर्षिय बालकको मृत्यु


राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिका १० मा मंगलवार साँझ घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।

बनौला टोलका खुशिलाल मण्डलको २ वर्षिय छोरा दिपक मण्डलको मृत्यु भएको हो । छतबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि राजविराजतर्फ ल्याउने क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ५, बुधबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ