जनकपुरमा खुल्यो मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय


जनकपुरधाम : प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय संचालनमा ल्याएको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पताल परिसरमै मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले कार्यालय उद्घाटन गरे । मुख्मयन्त्री राउतले जनकपुरमै सबै रोगको उपचार गराउने प्रदेश २ का जनताको वर्षौदेखिको चाहना अब पुरा हुने बताए ।

उनले प्रतिष्ठानका लागि प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको विश्वास दिलाए । उनले प्रतिष्ठान प्रदेशकै गौरबको योजना रहेको बताए ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले पहिले यहाँ सबै रोगको उपचार र सबै तहको पढाई हुने उदेश्यले प्रतिष्ठान गठन गरेको बताए ।

उनले अब प्रदेश २ का जनताले जुनसुकै रोगको उपचार गराउन पनि बाहिर जानु नपर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : २०७७ फाल्गुन ५, बुधबार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ