मूल्यवृद्धिविरुद्ध थाल र ग्यास सिलिन्डर बोकेर जसपाको प्रदर्शन


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध खाली थाल र खाना पकाउने ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको छ ।

मूल्यवृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध जसपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लेखिएका प्ले-कार्ड, रित्तो खाना पकाउने ग्यासको सिलिन्डर र थाल बोकेका छन् । प्रदर्शनकारीले खाली थाल ठटाएर सरकारको विरोधसमेत गरे ।

थाहा खबर

प्रकाशित : २०७७ फाल्गुन ५, बुधबार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ