प्रदेश २ का प्रदेश प्रमुख परियारलाई हटाइयो


जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुखलाई हटाइएको छ । प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले हटाएकी हुन् ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख परियारलाई हटाएकी छन् । संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पदमुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयको प्रेस नोटमा भनिएको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’

प्रकाशित : २०७७ फाल्गुन ७, शुक्रबार १६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ