प्रदेश २ : प्रदेश प्रमुखमा राजेश अहिराज नियुक्त


काठमाडौं : प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमाा राष्ट्रपतिबाट प्रदेश प्रमुखमा रौतहटका झा नियुक्त भएका हुन् ।

नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले परिचित छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त  ठाउँमा झालाई नियुक्त गरिएको हो ।

प्रकाशित : २०७७ फाल्गुन ७, शुक्रबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ