साइबर सेना निर्माण गर्ने ओली समूहका युवा संघको निर्णय


काठमाडौं : नेकपा ओली समूहका राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले बताए ।

साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले बताए । ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो’, उनले भने ।

आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम भइरहेको भन्दै उनले यसलाई नियन्त्रण गर्न साइबर सेना परिचालित हुने सिंहले बताए ।

‘यसले हतियार बोक्ने छैनन्, तर बुद्धिको प्रयोग गर्नेछ । यसबाट आत्तिनेहरुले साइबर स्याल भनिरहेका छन् । तर, हामी विवेकपूर्ण ढंगले परिचालित हुनेछौं’, उनले भने । आगामी चैतभित्रै ओलीको पक्षका पाँच लाख बर्दी बिनाको सेना निर्माण हुने सिंहले बताए ।

प्रकाशित : २०७७ फाल्गुन ८, शनिबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ