प्रदेश २ प्रमुख झाद्वारा पदभार ग्रहण, भने- शिरमा देश र मनमा मधेश


जनकपुरधाम : नवनियुक्त प्रदेश २ का प्रमुख राजेश झाले आइतबार साँझ पदभार ग्रहण गरेका छन् । उनले शिरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेको बताएका हुन् ।

पदभार ग्रहण गर्दै उनले प्रदेशभित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । ‘देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकाले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको छ ।’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

उनले आन्तरिक विभेद, असुरक्षा, कुनै पनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई सबै मिलेर समाधान गर्दै जानुपर्ने बताएका छन् । पदभार ग्रहण गर्न जनकपुर विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई नेकपा ओली पक्षका यूवाले १ सय १ किलोको माला लगाएर स्वागत गरेको थियो । त्यसपछि जानकी मन्दिरमा पूजापाठ गरी सिधा मधेस भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

प्रकाशित : २०७७ फाल्गुन ९, आईतवार २०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ