धनुषामा साढे २५ लाखसहित दुई हुण्डी कारोबारी पक्राउ


जनकपुरधाम : धनुषामा स्रोत नखुलेको २५ लाख ५० हजार रूपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीका संजय साह र भारत पिपरौन गाउँका सुमित यादव छन् । उनी दुबै जनालाई नगराईनबाट जिल्ला प्रहरी कार्यालयका अपराध शाखाका सई सन्तोष झाले पक्राउ गरेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ती दुवैजनालाई शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको बताइएको छ ।

उनी दुबैजना हुण्डी कारोबारी रहेको प्रहरीको दावी छ ।

प्रकाशित : २०७७ फाल्गुन ११, मंगलवार १६:५७

तपाई आफ्न�