सांसद्लाई उपत्यका नछोड्न प्रचण्ड-नेपाल समूहको निर्देशन, कारण के ?


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदलाई तत्काल काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा भएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले आफ्नो समूहका सांसदलाई यस्तो निर्देशन दिएका हुन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै राजनीतिक भेटवार्ता र छलफललाई तिब्रता दिएका प्रचण्ड र नेपालले यस्तो निर्देशन दिएका हुन् । बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले छ । सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराउँदै अध्यक्षद्वयले उपत्यका नछोड्न निर्देशन दिएको पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा उपस्थित सांसदलाई अतिआवश्यक परेमा जानकारी गराएर मात्र उपत्यका बाहिर जान भनिएको छ । बैठकमा अध्यक्षद्वयले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका छन् ।

प्रचण्ड र नेपालले संसद् पुनःस्थापनाको आन्दोलनमा सक्रिय भएका सबै पक्षलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् ।

प्रकाशित : २०७७ फाल्गुन १२, बुधबार २२:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ