बीबीसी मास्टरसेफका फस्ट रनरअप सिरहाका सन्तोषलाई काठमाडौंमा भव्य स्वागत


काठमाडौं : बीबीसीको चर्चिट रियालिटी सो मास्टरसेफ यूकेमा फस्ट रनरअप उपाधि हासिल गरेका सन्तोष शाह काठमाडौं आइपुगेका छन् । विहिबार विहान त्रिभुवन विमानस्थलमा उनको भव्य स्वागत भयो ।

बाजागाजा र कुकको पोशाकमा सहभागिले उनलाई एयरपोर्टमा स्वागत गरेका थिए । मास्टरसेफमा कोदोको खीर लगायतका नेपाली परिकार बनाएपछि उनको चर्चा चुलिएको थियो ।

नेपाली खानालाई विश्वभर चिनाउने ‘वर्ल्ड रोडम्याप’ बनाएर आफू काठमाडौं आइपुगेको उनले विमानस्थलमा बताए । नेपालका पाँचवटा मौलिक परिकारलाई विश्वब्यापी बनाउने आफ्नो योजना रहेको उनले बताए ।

यसबारे आफूले पुस्तक लेखिरहेको र अनुसन्धानका लागि नेपाल आएको उनले जनाए । पाँचवटा भाषामा एकलाख प्रति पुस्तक प्रकाशन हुने उनले बताए । लन्डन र नेपालमा एकसाथ रेष्टुरेन्ट खोल्ने योजना रहेको उनले सुनाए । आउने पाँचवर्षमा ५० वटा सन्तोष जन्मने भन्दै उनले नेपाली पुर्खाको सम्मान गर्नुपर्ने बताए ।

सिराहमा जन्मिएका सन्तोष लामो समयदेखि बेलायतमा बस्दै आएका छन् ।

प्रकाशित : २०७७ फाल्गुन १३, बिहीबार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ